काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आजै शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीमा दाहालले शपथ लिएपछि उपप्रधानमन्त्रीमा तीन जना र विना विभागीय मन्त्रीमा चार जनाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिए ।

त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिए ।उनीहरुको कार्यभार पछि तोकिनेछ । आज शपथ लिएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिए ।

