‘फिफा प्लेयर अफ दि सेन्चुरी’ को महाप्रस्थान

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , प्रवास , २ वर्ष अगाडि

काठमाण्डौ, १५ पौष । ‘फिफा प्लेयर अफ दि सेन्चुरी’ उपाधीले बिभुषित विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गएराति निधन भएको हो ।
बिगत एक महिना देखी उपचाररत पेलेको अस्पतालमा उपचारकै क्रममा निधन भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहले जनाएका छन ।
ब्राजिललाई लगातार तीन पटक सन १९५८, १९६२ र १९७० फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन २००० मा ‘फिफा प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको थियो ।
उनले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ अन्तराष्टिय गोल गरेका थिए ।