काठमाण्डौ, १६ पौष । सामुदायीक बिधालयमा अध्यनरत चार जना बिधार्थीलाई जनही रु ५ हजार छात्रबृत्ती तथा स्वर्गिय कृष्णहरी मानन्धर स्मृति प्रशँसापत्र प्रदान गर्दै नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको १९ औ साधारणसभा सँम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका उप प्रमुख शान्ता थापाको प्रमुख अतिथ्यताका सँम्पन्न साधारणसभामा वडा नँ ४ स्थित चलनटार आधारभुत बिधालयका २ तथा चौलनारायण आधारभुत बिधालयका २ जना बिधार्थीलाई छात्रबृत्ती प्रदान गरिएको हो ।
उपशाखाका सभापती बासुदेब पौडेको अध्यक्षतामा सँम्पन्न साधारण सभामा बिपद् ब्यबस्थापन समितीको सुध्रिढीकरण, स्वयँ सेबक बृद्धी तथा प्राथमिक उपचार तालिम ब्यबस्थापन गर्ने, मुलपानी नगर अस्पतालमा स्थापना गरिने ब्लडबैकलाई मुर्तरुप दिने, अँगदानका बिषयमा जनचेतना जगाउने तथा बिरामीलाई निशुल्क रगत उपलब्ध गराउन नगरपालिका सँग सहकार्य गर्ने लगायतका भाबी योजनाबारे सचिब लक्ष्मी कुँइकेलले जानकारी गराउनु भएको थियो ।
बागमती प्रदेशका निबर्तमान साँसद मणिराम फुँयाल, कागेश्वरी मनोहरा नगर पालिकाका प्रथम मेयर कृष्णहरी थापा, वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनी, ४ का अध्यक्ष धन बहादुर श्रेष्ठ, अन्तराष्टिय तेक्वान्दो प्रशिक्षक अशोक खड्का लगायतको उपस्थिती रहेको कार्यक्रममा रेडक्रसमा आबद्ध एबँ सक्रिय स्वयँसेबकहरुलाई सम्मान गरिएको थियो ।
सोहि उपलक्ष्यमा शाखाले कागेश्वरी मनोहरा युवाक्लब भद्रवास तथा भद्रवास बचत तथा क्रण सहकारी सँस्थाको सहयोगमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । उक्त अबसरमा ३५ जना स्वँसेबी रक्तदाताले रक्तदान गर्नु भएको थियो ।