काठमाडाैं । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन् । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुुर देउवाले आज उनलाई सो पदमा मनोनित गरेका हुन् ।
सभापति देउवाले पार्टीको ससंदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनित गरेकाे कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए । सभापति देउवा भने यसअघि नै संसदीय दलकाे नेतामा निर्वाचित भइसकेका छन् ।

