[संसद् प्रमुख प्रतिपक्षीविहीन] संविधान रक्षाका लागि विश्वासको मत दिएका हाैं : देउवा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि


काठमाडाैं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मत पक्षमा मतदान गरेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्ड संविधान रक्षाको पक्षमा उभिने विश्वाससमेत उनले व्यक्त गरे । ‘मुलुकमा विद्यमान चुनौती सामाना गर्दै देश र जनताको हितमा काम गर्ने भन्ने विश्वासका साथ तत्कालका लागि उनको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गरेको’ देउवाले उल्लेख गरे ।

‘सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति पूर्णरूपले जवाफदेही बनाउन संसद्मा जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ,’ उनले भने, ‘प्रभावकारी विपक्षीको अभावमा सरकार निरंकुश हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट विमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ ।’

संसद् आफैं पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जनउत्तरदायी संस्थाका रूपमा नरहन सक्ने पनि देउवाले औंल्याए । ‘हामीले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेका हौं,’ उनले भने, ‘सरकारको गठन गर्नु वा सरकार परिवर्तन संसद््को महŒवपूर्ण काम भएको छ, सरकारमाथि निरन्तर नियमित निगरानी राख्नु, सरकारका सबै काम अनुगमन गरी उचित मूल्यांकन गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद््को कर्तव्य भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट झन्डै ९९ प्रतिशत विश्वासको मत पाएका छन् । यो नेपाली राजनीति इतिहासमै सबैभन्दा उच्च विश्वासको मत हो । गत १० पुसमा सात दलका साथै तीन स्वतन्त्रसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डलाई मंगलबार २ सय ६८ सांसदले विश्वासको पक्ष र दुई सांसदले विपक्षमा मतदान गरेका छन् ।