काठमाण्डौ, २९ पुस । बासुदेब पौडेललाई पुनः सभापती चयन गर्दै नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको निर्बाचन सम्पन्न भएको छ । १९ पुस देखी आरम्भ भएको निर्बाचन प्रक्रिया उम्मेद्धवारी दर्तामै सर्ब सम्मती भएपछी सबै उम्मेद्धवार निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकारी सुनिल पोखरेलले बताउनु भएको छ ।
पोखरेलका अनुसार महिला उप सभापतीमा रिता पूmयाँल (चापागाँई), सचिब सहदेब के.सी, उप सचिब अमृत थापा, कोषाध्यक्ष शँकर प्रसाद पौडेल, उप कोषाध्यक्ष अनिल कुमार बिश्वकर्मा निर्बिरोध निर्बाचित भएका छन । त्यसैगरी सदस्यहरुमा दिक्षा पुडासैनी, रामशरण राय, अमरचन्द्र बोहोरा, सुदर्शन चापागाँई, शिबराम बस्नेत निर्बाचित भएको पोखरेलले बताउनु भयो । २ बर्षे कार्यकालका लागी निर्बाचित कार्यसमिती पदाधिकारीहरुलाई आज एक समारोहका बिच उपशाखा कार्यालय भद्रवासमा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखाका सभापती एबँ प्रमुख अतिथी श्याम डोटेलले प्रतिबद्धता घोषण गराउनुका साथै नब निर्बाचित पदाधिकारीहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका यशस्कर सदस्य एबँ प्रथम नगर प्रमुख कृष्णहरि थापा, जिल्ला सदस्य एबँ बागमती प्रदेशका उप महासचिब राजेन्द्र बानियाँ, कागेश्वरी मनोहरा उपशाखाका प्रथम सभापती प्रदिप पुडासैनी, वडा नँ ३ का अध्यक्ष राममणी पुडासैनी लगायतको उपस्थितीमा सँम्पन्न निर्बाचन घोषणा तथा प्रमाण पत्र बितरण समारोह उपशाखाका सभापती बासुदेब पौडेलको सभापतित्वमा सँम्पन्न भएको थियो ।