चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक महिनासम्म दिउँसाेकाे समयमा बन्द गरेर काम गरिने भएकाे छ ।आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा निर्माणकार्य प्रभावकारी भएको छ ।

