सुर्खेतमा गाडी दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , ३ वर्ष अगाडि

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सी रहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनापछि उद्धार गरी अस्पताल पुर्‍याइएकाेमा चिकित्सकले तीन जनालाइ मृत घोषणा गरेका थिए भने एक जनाको उपचारका क्रममा मृत्यु भएको थियाे ।आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।गाडी सडकबाट करिब ७० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।