काठमाडाैं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालय पुगेका हुन्।
उनले अमेरिकाको नागरिकता त्यागेको निस्सा,पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि,तस्बिर र अनुसूची फारम भरेर पेश गरेपछि नेपाली नागरिकता पुन:पाउनेछन्। लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उनका समर्थकहरूकाे भीड लागेकाे छ ।
सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो।
सर्वोच्चले नेपाली नागरिक नै नभएको ठहर गरेपछि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री र रास्वपाको पार्टी सभापति पद पनि गुमाएका थिए। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए।
लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ।