काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

NewsBankNepal Banner Headline with Image , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ ।काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।प्रदर्शनमा उल्लेख्य उपस्थिति रहेकाे थियाे ।