सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायाे

Bhim Thapa Business/अर्थ ब्यापार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर  तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक सय ७५ कायम गरिएको छ ।

  वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’