काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।
विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएको ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए ।
युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।करिश्माले फेसबुकमा आक्रोश समेत व्यक्त गरेकी छन् ।