कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ, २६ माघ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । सो सँम्बन्धि सँझौता पत्रमा आज कागेश्वरी मनोहरा नगरपालिका, नेपाल रेडक्रस सोसाइटी केन्द्र तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा बिच त्रिपक्षीय सँझौता सँम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजनमा भएको सँझौता अनुसार नगरपालिकामा बसोबास गरेका नागरीकलाई प्रमाणका आधारमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्तसँचार केन्द्र तथा भक्तपुर शाखाले निःशुल्क रगत उपलब्ध गराई सो बापतको सोधभर्ना नगर पालिकाबाट लिनेछन ।


कागेश्वरी मनोहरा नगरपालिकाले नगरवासीलाई निशुःल्क रगत उपलब्ध गराउन केन्द्रिय रक्तसँचार केन्द्र तथा भक्तपुर शाखालाई सँझौता बमोजिम अग्रिम भुक्तानी स्वरुप आजै ५० हजार तथा १ लाखको चेक समेत हस्तान्तरण हस्तान्तरण गरेको थियो ।


एक समारोह बिच आज भएको सँझौता पत्रमा नगरपालिकाका तर्फबाट प्रमुख उपेन्द्र कार्की, नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकाल तथा तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका अध्यक्ष मनोज थापाले हस्ताक्षर गर्नु भएको छ ।

नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले गरेको आग्रहलाई आफुले एक हप्ता भित्रै कार्यान्वयनमा ल्याएको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनु भयो । नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा तथा सँझौता समारोहलाई सँबोधन गर्दै नगर प्रमुख कार्कीले रेडक्रसको लोगो नै मानबिय सेवा भएको र यस महानकार्यमा जोडिन पाउँदा आफुलाई गर्ब महशुस भएको बताउँदै कार्यालय सन्चालनार्थ नगर पालिकाको तर्फबाट नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखालाई एकथान ल्यापटप तथा एकथान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमलाई सँबोधन गर्र्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले गण्डकी र लुम्बिनी प्रदेश सरकारले आफ्ना प्रदेशभित्र नागरिकलाई निःशुल्क रगत उपलध गराउन थालिसकेको बताउँदै काठमाण्डौ भित्रका नगरहरु मध्धे नगरवासी लाई निशुल्क रगत उपलब्ध गराउन सँझौता गर्ने कागेश्वरी मनोहरा ५औ नगरपालिका भएको जानकारी गराउनु भयो । काठमाण्डौ शाखाका सभापती श्यामकाजी डोटेलले रगत अमुल्य हुन्छ यसको कुनै मुल्य हुँदैन भन्दै रेडक्रसले लिने गरेको शुल्क परिक्षण तथा ब्यबस्थापनको न्यूनतम शुल्क भएको बताउनु भयो भने भक्तपुर शाखाका सभापती मनोज थापाले कँहि रगत नपाए भक्तपुर लाई सम्झन आग्रह गर्दै सरकारले देशभरीनै हरेक नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउनु पर्ने आबश्यकता औल्याउनु भयो ।


मानबिय सेवाको उत्कृष्ठ कार्यका लागी नगरप्रमुख लाई धन्यबाद दिदै उपशाखा सभापती बासुदेब पौडेलले नागरिकले निशुल्क रगत दिने तर आफुलाई आबश्यकता पर्दा किन्नुपर्ने न्यायोचित नभएको बताउँदै आबश्यकता पर्दा रगत दिन र लिन कुनै शुल्क राख्नु नहुने तथा ब्यबस्थापनका लागी सरकारले दायीत्व लिनुपर्ने माग गर्नु भयो । उक्त अबसरमा हरियाली नगरका तर्फबाट अध्यक्ष बिजय सुबेदीले उपशाखालाई ५ हजार ५ रुपयाँ आर्थिक सहयोग समेत गर्नु भएको थियो ।
कार्यक्रममा उपप्रमुख शान्ता थापा, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त सँचार केन्द्रका निर्देशक दिब्यराज पौडेल, काठमाण्डौ जिल्ला सदस्य लक्ष्मी कुँइकेल, वडा नँ १ का अध्यक्ष मुकुन्द गजुरेल, नगर सदस्यहरु, नगरपालिकाका बिभिन्न शाखाका प्रमुख तथा बिभिन्न सँघसँस्थाका प्रतिनिधीको उपस्थिती थियो ।