विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन भएका छन् । 

सो पार्टीको दुई दिनसम्म काठमाडौँमा चलेको महाधिवेशनले महासचिवमा रञ्जु दर्शनालाई चयन गरेको छ । सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन् । 

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ । सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने दुई/दुई जना, पाँच जना महिला र जनसङ्गठनबाट चयन हुने दुई जना गरी २१ जना चयन गरिनेछ ।

की २१ जनामध्ये आठ जना तत्कालका लागि खाली रहने छ । केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ ।