राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रचण्डलाई

NewsBankNepal Banner Headline with Image , Latest Update , ३ वर्ष अगाडि

काठमाडाैं। सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुँदैछ । 

अपराह्न ४ः३० मा बस्ने पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा अहिलेसम्म अरू दलहरूसँग भएको छलफलका बारेमा  पनि कुराकानी हुने माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले आज बताउनुभयो । 

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिँदै आएको जिज्ञासामा उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति नै एक प्रकारको बटम लाइन जस्तै हो, विभिन्न कारणले । राष्ट्रिय सहमति हुने पात्र एमालेबाट पनि हुन सक्ने भयो, नेपाली काङ्ग्रेसबाट पनि ल्याउन सक्ने भयो, सर्वमान्य हुनुपर्यो ।”

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति यही फागुन २५ गते तय गरिसकेको छ ।