राष्ट्रपति भण्डारी बागलुङमा, कालिका मन्दिरमा विशेष पूजाअर्चना

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , २ वर्ष अगाडि

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०ः३० बजे बागलुङ आउनुभएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गर्नुभएको थियो । उहाँ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गर्नुभयो ।

मूल पुजारी खड्काले उहाँलाई पूजाअर्चनामा सहयोग गर्नुभएको थियो । पूजाअर्चना पूर्व राष्ट्रपति भण्डारीले कालिका मन्दिरको परिक्रमा गर्नुभएको थियो । कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गर्नुभयो ।