नेताहरुका कारण नेपाली राजनीतिमा विदेशीको चलखेल:रावल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालमा विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथालेको भन्दै आपत्ति जनाएका छन् ।

बिहिबार विहान सामाजिक सञ्जालमार्फत् डा. रावलले नेताहरुका कारण नेपाली राजनीतिमा विदेशीको चलखेल सुरु भएको बताएका हुन् ।

केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय राजदूत नविन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ लगायतको सक्रियतालाई लक्षित गर्दै उनले भनेका छन्– ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ? नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।