हिंसालाई राष्ट्रिय दिवसको रुपमा मनाउनु दु:खद : केपी ओली

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

भक्तपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिंसा दिवस (जनयुद्ध दिवस) लाई राष्ट्रिय दिवस मनाएको भन्दै आपत्ति जनाएका छन्।

अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएर दु:खद निर्णय गरेको बताए। हिंसा दिवसमा सार्वजनिक बिदा दिनु गत प्रवत्ति भएको उनको भनाइ छ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिंसा टुंगिएको भएपनि केही व्यक्तिमा हिंसाको धङधङी देखिनु दु:खद पक्ष भएको टिप्पणी गरे।

अहिलेको सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर त्यसलाई फेरि पनि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दु:खद निर्णय गर्यो। नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताए। 

सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएको थियो। सो बिदा आगामी दिनमा पनि मनाउने गरी सरकारी क्यालेन्डरमा समेट्ने निर्णय भइसकेको छ।