राष्ट्रपति निर्वाचनकाे मतदाता संख्या कति ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपतिकाे निर्वाचनका लागि कुल मतदाता ८ सय ८२ जना हुने भएका छन्। संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० मतदाता हुने छन् । निर्वाचन कार्यालयले आज मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ।

२०७८ को जनगणनाको अन्तिम विवरण सार्वजनिक नभएका कारण निर्वाचन आयोगले २०६८ कै जनगणनाका आधारमा मतभार तय गरेको हो।

संघीय संसदको सैभन्दा ठूलो दल कांग्रेसका २ सय ७३ मतदाता छन्। राष्ट्रपतिमा कांग्रेसको मतभार १६ हजार १ सय ४२ छ। यस्तै दोस्रो ठूलो दल नेकपा एमालेका संघ र प्रदेशमा गरी २ सय ५६ मतदाता छन्। उसको मतभार १५ हजार २ सय ३३ छ।

नेकपा माओवादी केन्द्रको मतभार ७ हजार ६ सय ४९ छ। एकीकृत समाजवादीको मतभार २ हजार ५ सय ७४ छ भने जसपाको २ हजार १ सय ४५ मतभार छ।

राप्रपाको २ हजार ४ सय ५०, राष्ट्रिय स्वतन्त्र पार्टीको १५ सय १, जनमत पार्टीको १ हजार २ सय ४२ र लोसपाको ९ सय ७१ मतभार छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीको ८ सय १३, जनमोर्चाको २ सय ६, नेमकिपाको २ सय २३, हाम्रो नेपाली पार्टीको ९६, नेपाल संघीय समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको ४८–४८ मतभार छ।

यस्तै स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ भने राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित ३ जना सांसदको २ सय ३७ मतभार छ। कुल मतभार ५२ हजार ६ सय २८ रहेकोमा राष्ट्रपतिमा निर्वाचित हुन बहुमत अर्थात् २६ हजार ३ सय १५ मत ल्याउनुपर्ने हुन्छ।