अभिनेता पल शाह ठ्याक्कै वर्षमा थुना मुक्त

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

तनहुँ । अभिनेता पल शाह आज थुना मुक्त भएका छन् ।नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उनले आत्मसमर्पण गरेका थिए।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको थियो ।उनीहरूले पल शाहकाे समर्थनमा नाराबाजी गरिरहेका छन् ।बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई हिजाे सफाइ दिएको थियो ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।