एमाले सरकारबाट बाहिरियाे,सरकारलाई दिएको समर्थन फिर्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडौं – नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।पार्टी सचिवालयको बैठकपछि उनले प्रधानमन्त्रीले आफूहरूलाई हटाउने वा विनाविभागीय बनाउने तयारी गरेपछि सरकारबाट बाहिरिने निर्णय लिएकाे प्रष्ट पारे ।

परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको एमालेको निष्कर्ष छ । तत्कालीन सत्ता गठबन्धनका तेस्रो र चौथो ठूलो दल रास्वपा र राप्रपा पनि सरकारबाट बाहिरिइसकेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सबैभन्दा ठूलो दल नेकपा एमाले नै सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ ।एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीलाई नयाँ गठबन्धनका दलहरुलाई मन्त्रिपरिषदमा सामेल गर्न सहज भएको कांग्रेस नेताहरुले बताएका छन् ।