काठमाडौँबाट भैरहवा लागि उडेको श्री एयरलाइन्सको विमानको एउटा इन्जिनमा समस्या आएपछि फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गराइएको छ ।
त्रिभुवन विमानस्थलबाट उडेको जहाज करिब २० मिनेटमा धादिङको थाक्रे आसपासकाे आकाशबाट काठमाडौँतर्फ फर्किएको थियो ।
क्याप्टेन बीएस थापाले उडाएको ९एन एएनआर जहाजको इन्जिनमा धुवा आएकाे जस्ताे देखिएपछि तत्काल काठमाडौँमै अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
इन्जिन अफ गराएर विमानलाई काठमाडौंमा नै अवतरण गराइएको एयरलाइन्सले जनाएको छ ।विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सका अधिकारीले बताएका छन् ।