राहुल गान्धीलाई मानहानी मुद्दामा २ वर्ष जेल सजाय

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , २ वर्ष अगाडि

काठमाडाैं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई मानहानी मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको हाे । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ ।

राहुललाई २०१९ लोकसभा चुनावमा मोदी उपनाममा विवादास्पद टिप्पणी गरेको आरोप लागेको थियो। यस मामिलामा गुजरातका बीजेपी विधायक र पूर्व मन्त्री पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए।

सन् २०१९ मा गान्दीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए ।  राहुलले कथित रूपमा एक बयानमा ‘किन सबै चोरका थर मोदी छ ?’ भनेको आरोप लागेको छ ।

फैसला सुनाउने क्रममा राहुल गान्धी पनि  अदालतमा उपस्थित थिए। अदालतले उनलाई दोषी ठहर गर्दै भन्यो कि तपाईलाई केही भन्नु छ ? यसबारे राहुलले भने कि मैले सधैं भ्रष्टाचारविरुद्ध आवाज उठाएको छु । म अझै उठाइरहनेछु। राहुलले मेरो भनाइबाट कसैलाई पनि हानि नपुगेको बताए । कसैको मन दुखाउने मेरो मनसाय थिएन। मैले जानाजानी कसैको विरुद्धमा बोलेको छैन ।

सजायको घोषणापछि राहुल गान्धीले ट्वीटरमा पोस्ट गरेका छन् । उनले लेखे, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो, अहिंसा यसको माध्यम हो।”