एजेन्सी । भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको जानकारी दिएको छ। चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरिदिएको हो।उनी भारतको लोकसेवा सदस्य रहेका थिए।
सुरतको अदालतले गान्धीको चार वर्ष पुरानो मुद्दाको सुनुवाई गर्दै दुई वर्ष सजायको फैसला सुनाएको थियो। अदालतले १५ हजार जरिवनासमेत तिराएको थियो। अदालतले उनलाई धरौटीमा रिहा गर्दे आदेश पनि दिएको थियो। सन् २०१९ मा उनले किन सबै चोरको थर मोदी हुन्छ भन्दै टिप्पणी गरेका थिए।