काठमाण्डौ, १० चैत्र । सवारी चालकको हेलचेक्रयाँई र र लापर्बाहीले सडक दुर्घटना बढीरहेको प्रहरी प्रभाग बौद्धका प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतले बताउनु भएको छ । सडक फराकिलो भएपछी थली – साँखु सडक खण्डमा अत्याधिक सडक दुर्घटना बढेको भन्दै सडक दुर्घटना न्यूनिकरण तथा सचेतना मुलक र्र्यालीलाई सँबोधन गर्दै बस्नेतले उक्त कुरा बताउनु भएको हो । अत्याधिक गति, ट्राफिक नियमको उल्लँघन, लेन अनुसासनको पालना नगर्नु, जथाभाबि ओभरटेक गर्ने तथा मादक पदार्थ सेवन गरी सवारि चलाउँदा दुर्घटना बढेको पनि बस्नेतले बताउनु भयो ।
समुदाय प्रहरी साझेदारी अन्तरगत ब्रम्हदिप युवा क्लबको आयोजना, ब्रम्हखेल टोल सुधार समिती तथा सोमलिँगेश्वर मन्दिर समितीको आयोजनामा उक्त सचेतना र्र्याली आयोजना गरिएको थियो ।
र्यालीमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा, महानगरी प्रहरी प्रभाग बौद्ध, तथा साँखु, प्रहरी प्रभाग थली तथा गागलफेदी साथै ट्राफिक प्रहरी प्रभाग बैद्ध र अल्पाइन एकेडेमी माबिको उल्लेखनिय सहभागीता रहेको थयो ।