माइतीघर पुगेका ज्ञानेन्दमाथि मिटरब्याजी पीडित किन भए आक्रोशित?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडौँ । काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका मिटरब्याजी पीडितहरूले माइतीघर पुगेका राप्रपाका नेता तथा सांसद् ज्ञानेन्द्र शाहीमाथि आक्रोश पोखेका छन्।


मंगलबार बिहानैदेखि खुल्लामाञ्चबाट बालुवाटार हुँदै माइतीघरमा प्रदर्शन गरेका पीडितको गुनासो सुन्न पुगेका शाहीमाथि पीडितहरूले आक्रोश पोखेका हुन्।

प्रदर्शनमा सहभागी एक पीडितले राप्रपाको विचार सामन्तवादी भएको र यसकै कारणबाट मिटरब्याज जस्ता खालका समस्या उत्पन्न भएको भन्दै राप्रपाका प्रवक्ता समेत रहेका सांसद् शाहीमाथि आक्रोश पोखेका हुन्।

साथै, पीडित प्रदर्शनकारीहरूले शाही पुग्नेबित्तिकै पीडितको सेन्टिमेन्टमा खेल्न नपाइने भन्दै नारावाजी समेत गरेका थिए।

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौ‍ँ आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन्।

पीडितहरू खुलामञ्चमा बस्नको लागि आए पनि काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरू खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए।