मन्त्रिपरिषद् भोलि विस्तार हुने,९ दल सहभागी हुने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । १० दलीय सत्ता गठबन्धनकाे मन्त्रिपरिषद् भाेलि विस्तार गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, जनमोर्चा बाहेक ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा सहमति जुटेकाे छ ।

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
भोलि बेलुकासम्ममा विस्तार हुने मन्त्रिपरिषदका सदस्यहरूले शपथ गर्ने अनुमान गरिएकाे छ ।