प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्दै

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएकाे छ।
सत्ता गठबन्धनको बैठक बिहीबार पटक–पटक बसेको थियो तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथ ग्रहण आजका लागि तय गरिएको हो । 

त्यसका लागि दिउँसो ३ः०० बजेभित्र दलहरूलाई मन्त्री बन्नेहरूको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो तर प्रधानमन्त्री प्रचण्डको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण मन्त्रिपरिषद् विस्तार आजका लागि सारिएको सचिवालयले जनाएको छ । 

पुस १० गते एमालेसहित बनेको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ वटा मन्त्रालय आफैँ चलाइरहनुभएको छ । हाल सरकारमा माओवादीका पाँच र जनमतका १ जनामात्रै मन्त्री छन् ।

दुई पार्टीकाे मात्रै सरकार माएकाे माैका छाेपेर जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिनेदेखि लिएर द्वन्दमा मारिएका माओवादीका कार्यकर्तालाई शहिद घाेषणा गर्ने काम भएकाे छ । जुन निर्णयकाे सत्ता गठबन्धनभित्रका दल र विपक्षी दलले चर्काे विराेध गर्दै आएका छन् ।