राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन्। पेटमा समस्या भएपछि उनी आज साँझ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिए ।

  “राष्ट्रपति पौडेल पेटमा समस्या आएपछि आज साँझ अस्पतालमा भर्ना हुनुभएको हो”, उनले भने । अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा आज साँझ भर्ना भएको र उनी हाल चिकित्सकहरुको निगरानीमा रहेकाे अस्पतालले जनाएको छ ।