काठमाडौं । डीआईजीबाट एआईजीमा बढुवा भएका ४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एआईजीहरु सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
बढुवा भएका प्रहरी अधिकृतहरुलाई बधाई दिँदै आईजी कुँवरले निष्ठापूर्वक कर्म क्षेत्रमा खटिन निर्देशन दिएका छन्।

