दुइ सय दिन पछी कोरोनाले आज एक जनाको ज्यान लियो

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाडौँ, २८ चैत्र । नेपालमा कोरोना सँक्रमणदर दैनिक उकालो लाग्दै गर्दा कोरोना भाइरसकै कारण आज एक जनाको ज्यान समेत लिएको छ । असोज ८ गतेपछि कोरोनाका कारण कसैको ज्यान गएको थिएन । करिब २ सय दिनपछी पहिलो पटक (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा.समीर कुमार अधिकारीका अनुसार कोरोना सङ्क्रमणका कारण ७८ वर्षीय पुरुषको ज्यान गएको हो । सङ्क्रमणका कारण काठमाडौँ उपत्यकामा उपचार उनलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या रहेको पनि डा. अधिकारीले बताएका छन । बिश्व स्वास्थ सँगठनका अनुसार ‘अन्य दीर्घरोग लागि उपचाररत व्यक्तिमा कोरोना सङ्क्रमण भई ज्यान गएको अवस्था कोरोनाकै कारण ज्यान गएको भनिन्छ ।’
यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ३६ जनाको नमूना परिक्षण गर्दा १ सय ६ जनालाई सँक्रमण पुष्टि भएको छ । ४ सय ६९ सक्रिय सँक्रमित कायम रहँदा ४८ जना सँक्रमण मुक्त भएको मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ ।