काठमाडाैं । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले गिरीलाई गोङ्गबुको पवित्रनगरबाट पक्राउ गरी आजै कपिलवस्तु पठाइएको जानकारी दिनुभयो ।
श्रीमती आरती गिरीको जाहेरीका आधारमा उनलाई कपिलवस्तु जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि आज काठमाडौँ प्रहरीले पक्राउ गरी कपिलवस्तु पठाएको हो । गिरीमाथि वैवाहिक बलात्कारको आरोप लागेको छ । उक्त घटनामा कपिलवस्तु प्रहरीले अनुसन्धान गरिरहेको छ ।

