‘हाम्रो गरिमा र हाम्रो पहिचान हामिले नै कायम राख्ने हो’ – नगर प्रमुख कार्की

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , प्रवास , २ वर्ष अगाडि

काठमाडौं, ३ बैशाख । अन्तराष्ट्रिय खेलाडी आउँदा, खेल खेल्दा र बिश्वका करिब २ सय देशमा प्रतक्ष प्रसारण हुँदा मुलपानी क्रिकेट स्टेडियम तथा कागेश्वरी मनोहरा नगरपालिकाले पहिचान बढाउन तथा गरिमा जोगाउन सँम्पुर्ण नगरबासी स्थानीय नागरिक, स्थानिय सँघ सँस्था लगायतले धैर्यता, सँयमता र ब्यबस्थापन तथा पाहुनाको सत्कारमा कमि हुन दिन नदिन कागेश्वरी मनोहरा नगर पालिकाका प्रमुख उपेन्द्र कार्कीले आग्रह गर्नु भएको छ ।

क्रिकेट मैदान परिसर सफा गर्दै नगर प्रमुख उपेन्द्र कार्की तथा उप प्रमुख शान्ता थापा


पहिलो पल्ट अन्तराष्ट्रिय खेल ( एसिसी म्यान्स प्रिमियर कप २०२३) सन्चालन हुन लागेको मुलपानी क्रिकेट मैदानको सरसफाइ महा अभियानमा आफ्नो धारणा राख्दै नगर प्रमुख कार्कीले भन्नु भयो हामिले हाम्रो गरिमा र पहिचान हामि आफैले कायम राख्ने हो । हमिले ७ सय ५३ मध्धेकै नमुना नगर र खेलकुद नगरीका रुपमा कागेश्वरी मनोहरा नगर पालिकालाई बिकसित गर्दै छौ ।

क्रिकेट मैदान परिसर सफा गर्दै नगर उप प्रमुख शान्ता थापा


रक्बी, बक्सीङ, भलिबल तथा फुटबलको लागी समेत खेल मैदान तथा कबर्डहल नगर पालिका भित्र बनाउन राट्रिय खेलकुद परिषद सँग सैदान्तिक सहमती भइ सकेको जानकारी गराउँदै नगर प्रमुख कार्कीले आज करिब ३ घण्टा आफै फोहोर उठाउँदै स्टेडियम परिसर सफा र स्वच्छ वातावरण हुनुपर्ने र त्यो काम आफैबाट शुरु गर्नुपर्ने भन्दै बिहानभर सर सफाई महा अभियानमा सहभागी हुनु भएको थियो ।


क्रिकेट स्टेडियम सरसफाई महा अभियानमा नगर उप प्रमुख शान्ता थापा, नेपाल क्रिकेट एसोसियसनका अध्यक्ष चतुर बहादुर चन्द, नगरपालिकाका कर्मचारीहरु, नगर प्रहरी वडा नँ ५ र ६ का अध्यक्ष तथा जन प्रतिनिधीहरु, नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा, नेपाल स्काउट, बिभिन्न बिधालय तथा कलेजका बिधार्थीहरु, स्थानिय क्लबहरुका सदस्यहरु, बिभिन्न दलका नेता कार्यकर्ता लगायत करिब ५ सयले क्रिकेट स्टेडियम परिसर सफा गरेका थिए ।


मुलपानी क्रिकेट मैदानमा बैशाख ५ गते पहिलो अन्तराष्ट्रिय खेलका रुपमा हङकङ र सिंगापुरबीचको खेल हुदैछ ।

एसिसी म्यान्स प्रिमियर कप २०२३ मा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन । नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।