सुर्खेत । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। । मृतकको ठेगाना खुलेको छैन । प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।