काठमाडाैं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश दिएकाे हाे ।
आदेश प्राप्त भएको मितिले तीन दिनभित्र फोहोर उठाउन महानगरपालिकालाई सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा उक्त रिट दायर गरेका थिए । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयर साहकाे निर्देशन बमाेजिम फाेहाेर नउठेपछि सिंहदरबारभित्रै फाेहाेर व्यवस्थापन सुरु गर्न थालिएकाे थियाे ।

