रास्वपाले आचारसंहिता उल्लंघनमा माफी मागेपछि नयाँ किरण मावि केन्द्रको मतदान पुनः सुरु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

चितवन । रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेपछि चितवनको निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा स्थगित भएको मतदान सुरु भएको छ ।नयाँ किरण मावि भोजाड केन्द्रमा रहेको मतदान स्थलमा दुई घण्टाभन्दा बढी समय मतदान स्थगित भएको थियो । रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गर्दै भीडभाड गरेपछि मतदान अवरुद्ध भएको थियो ।

निर्वाचन आयोगको पहलमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच चार बुँदे समझदारी भएसँगै मतदान पुनः सुरु भएको हो । त्यस्तै, मतदान स्थलको ३ सय मिटर वरपर सुरक्षा कायम गर्ने र आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ ।