भरुवा बन्दुककाे छर्रा लागे एक जनाको मृत्यु

NewsBankNepal News/समाचार , ३ वर्ष अगाडि

नुवाकाेट ।  नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।  

प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।

उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेकाे छ ।