काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ। नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो।
पाटन उच्च अदालतबाट २० लाख रूपैयाँ धरौटीमा छुटेयता सन्दीपले नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् ।

