चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।
चितवनमा सञ्चारकर्मीलाइ प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको र सरकारमा नजाने समेत प्रष्ट पारेका छन् । रास्वाले गृहमन्त्री पाए यही सरकारमा जान्छ भन्ने नेताहरुकाे आकलनका विपरित लामिछानेले वर्तमान सरकारबारे पार्टीकाे धारणा प्रष्ट पारेका हुन् ।
काठमाडाैं अाएपछि नयाँ सरकारबारे छलफल गर्ने उनले भनाइ थियाे । प्रचण्ड नेतृत्वकाे सरकारले पूर्णता नपाउँदै नयाँ सरकारलेकाे बहस थालनी गर्ने लामिछानेकाे भनाइले सरकार झन् अस्थिर हुने देखिएकाे छ । एमालेका अध्यक्ष केपी ओली लामिछानेप्रति केही नरम देखिएकाले अबकाे तालमेल एमालेसँग हुने हाे कि भन्ने अडकल काट्न थालिएकाे छ ।
उपनिर्वाचनबाट थप एक सिट जित्दै रास्वपा झन् बलियाे भएकाे छ । चितवन दुईकाे आफ्नाे सिटलाई जाेगाउँदै उसले तनहँबाट थप एक सिट जितेकाे हाे ।

