काठमाडाैं । भारतमा स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कदै छन् ।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगिएकाे थियाे । भोलि काठमाण्डौ आइपुग्ने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।
भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार भैरहेको छ ।भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । आगलागीमा परि सांसद भण्डारीकी आमा हरिकलाको निधन भएको थियो ।