अर्जेन्टिनाले बिश्वकप जित्दा जिफन्टले जित्यो बैकल्पिक बिश्वकप

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, १७ बैशाख । गतबर्ष नोभेम्बर डिसेम्बरमा कतारमा सँम्पन्न बिश्वकप फुटबल अर्जेन्टिनाले जितेको त सबैलाई थाहा भएकै कुरा हो । तर सोहि प्रतियोगिताको बैकल्पिक बिश्वकप भने श्रमिक अधिकारको पक्षमा सँघर्षरत ट्रेड युनियन महासँघ जिफन्टले जितेको छ ।
कतारमा बिश्वकप आयोजना हुने घोषण भएसँगै कतारमा श्रमरत नेपाली श्रमिकको पक्षमा काम गर्दै आएको जिफन्टलाई बेल्जियन ग्रिन पार्टीले बैकल्पिक बिश्वकप प्रदान गरेको हो ।
भोलि मे दिबसका अबसरमा आयोजना गरिने बिबिध कार्यक्रमको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सँम्मेलनमा डब्ल्यूएसएमका एसिया प्रतिनिधी ब्रुनो डेसिकिलियरले जिफन्टका अध्यक्ष बिनोद श्रेष्टलाई उक्त कप हस्तान्तरण गरेका हुन ।

जिफन्टको दबाबका कारण कतारले श्रम कानून मरिमार्जन गरी आधुनिक दास प्रणली युक्त कफला कानून सुधार भएको, न्यूनतम ज्याला लागु भएको, श्रमिकहरुले आफ्नो रुचि अनुसारको काम छान्न पाउने भएको तथा श्रमिक सँरचनामा प्रतिनिधित्व गर्न सक्ने भएको दाबिपनि अध्यक्ष श्रेष्टले गरेका छन ।