काठमाण्डौ, १८ बैशाख । नेपाल मोबाइल ब्यबसायी महासँघ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बिच बिमा सँम्बन्धी सँझौता भएको छ । महासँघ आबद्ध कर्मचारीहरुको समुहिक दुर्घटना बिमा तथा सहज सेवा उपलब्ध गराउन सँम्झौता भएको हो ।
सँझौता अनुसार महासँघमा आबद्ध सदस्यहरुको पसलमा रहने बिभिन्न ब्राण्डका मोबाइल फोनसेट, फर्निचर, फिक्सिङको सम्पति बिमा, चोरी बिमा, तथा सो सँम्बन्धी अन्य सर सामान र सदस्यहरुको सवारी साधन, अन्य सँम्पति तथा कर्मचारीहरुको सामुहिक दुर्घटना बिमा कम्पनीबाट नियमानुसार गराउने सँझौता भएको हो । कम्पनीका तर्फबाट चँकी क्षेत्री तथा महासँघका तर्फबाट भरत भट्टराईले गरेको सँझौता अनुसार कम्पनीले दाबी भुक्तानीका लागी ५० हजार रुपयाँ सम्मको दाबी कागजात प्राप्त मितीले ७ दिन भित्र, २ लाख रुपयाँ सम्मको २ हप्ता भित्र तथा सो भन्दा बढीको भुक्तानी ३ हप्ता भित्र गर्ने छ ।

