एमाले सचिव टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , १ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट बुधबार उनीहरू विरुद्धको पक्राउ पुर्जी लिएको हो। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। 

यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव  टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्।