पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा बुटवलबाट पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , १ वर्ष अगाडि

बुटवल । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई आज नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् ।

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।