काठमाडाैं । नेकपा (एमाले)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्ना सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियामा सघाउनुपर्ने जनाएको छ।
केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकपछि एमाले उपहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टी कानूनी शासनको पक्षधर भएकाले रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने उल्लेख गरे।
गुरुङले भने, “टोपबहादुर रायमाझीजीको नाम शरणार्थी प्रकरणमा आएको छ। यसमा हाम्रो निष्कर्ष भनेको विधिको शासन मान्ने भएकाले विधिपूर्वक कानूनलाई सघाउनुपर्छ भन्ने नै हो।”
पार्टीले कारबाही किन गरेन त भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गुरुङले भने, “दोषी ठहर भइसकेको छ र? अहिले त अनुसन्धानको प्रारम्भ मात्रै छ।

