हाइटेन्सन पोलकाे टुप्पाेमा पुगेका युवाकाे सकुशल उद्धार

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

विराटनगर । सडक किनाराको पर्खाल बलियो र गुणस्तरीय बनाउन माग गरेर पोलमा चढेका बुढीगंगा –७ डंग्राहाका ४० वर्षे दिनेशकुमार माझीकाे उद्धार गरिएकाे छ ।

उनको माग सम्बोधन गर्न गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर त्यस स्थानमा पुगेपछि माझीलाई सकुशल उद्धार गरिएको हो । 

यसअघि उनकाे उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल नभएपछि गाउँपालिकाका अध्यक्ष त्यहाँ पुगेका थिए । हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा उनी बिहान ६ बजेदेखि चढेका थिए।

१ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलबाट उहाँलाई उद्धार गर्न निकै लामो समय लागेको थियो ।