काठमाडाैं । नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा आज जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर अात्मसमर्पण गरेका छन् ।
उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफँै परिसरमा आएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो ।
त्यसपछि उनलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।