टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जनाएका छन् । अदालतले ३ दिन थुनामा राख्न म्याद दिएसँगै रायमाझीको बयान पनि लिन थालिएको छ । 

वैशाख २० गतेदेखि फरार रहेका उनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको १२औं दिनमा काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रायमाझीलाई हिरासतमै राखेर अनुसन्धान गर्नु पर्ने माग राख्दै प्रहरीले आजै उनलाई काठमाडौं जिल्ला अदालतमा पुर्‍याएको थियो ।