डिजेल र मट्टितेलको मूल्य १० रुपयाँले घट्यो

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रविधि , १ वर्ष अगाडि

काठमाडौं, २ जेठ । सरकारले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपयाँ घटाएको छ । यो सँगै अब डिजेल र मट्टितेलको मुल्य १ सय ५५ कायम भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजे देखी लागुहुने गरी मुल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

हिजो इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल््य सूची पठाएको थियो । जसमा पेट्रोलको ९ रुपयाँ ५२ रुपैयाँ घटाएको थियो । तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ।

निगमका प्रवक्ता मनोज ठाकुरले नेपाल र भारतको सीमानामा समान मूल््य कायम गर्ने मान्यता अनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय भएको बताएका छन ।