भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासको बाटोमा लैजान सकिँदैन : अध्यक्ष नेपाल

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

जनकपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहोरयाउन कठिन हुने बताएका छन् ।  

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

उनले भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने जोड दिए । अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागिपरिरहेको समेत बताए ।